काठमाडौँ । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।
चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले मंगलबार राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।
राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।
सदस्य-सचिवले २० औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउँदै दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने र त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षण अगाडि बढाइने बताए ।
डेपुटी चिफ दी मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने र विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गराए । युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।
मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति सामग्री हस्तान्तरण गरिएको थियो । KO
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड