काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम हुने दोहोर्याएका छन् । तर, उनले चुनाव जेठ ४ मै हुने कुरामा भने आशंका जनाएका छन् ।
विहीबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको भर्चुअल बैठकलाई काठमाडौंबाट सम्बोधन गर्दै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनबिना पारित नहुने बताएका छन् ।
आफूहरू चुनावसँग नडराएको भन्दै प्रचण्डले चुनावको तयारी गर्न निर्देशन समेत दिएका थिए। ‘हामी चुनावमा जाने हो’, प्रचण्डको भनाइ थियो, ‘चुनावी तयारी गर्नुहोस, कार्यक्रम बनाउनुहोस र संगठन विस्तार गर्नुहोस् ।’प्रचण्डले जेठमा चुनाव गर्नुपर्ने सुझाव गठबन्धनले दिएको र त्यही अनुसार निर्णय हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य