काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् । बुधबार राजधानीमा अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले गठबन्धनबारे मिडियामा आएका कुरामा कुनै सत्यता नरहेकोसमेत बताए ।
‘दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस्, नेपालले भने, ‘यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन । अहिले भर्खरै मात्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाजी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डजी’ र म आफैँ बसेर छलफल गर्यौँ ।’
उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । चुनावसम्म गठबन्धन एकढिक्का भएर जाने नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक