काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् । बुधबार राजधानीमा अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले गठबन्धनबारे मिडियामा आएका कुरामा कुनै सत्यता नरहेकोसमेत बताए ।
‘दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस्, नेपालले भने, ‘यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन । अहिले भर्खरै मात्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाजी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डजी’ र म आफैँ बसेर छलफल गर्यौँ ।’
उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । चुनावसम्म गठबन्धन एकढिक्का भएर जाने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह