काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । यही शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ थियो ।
नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग मंगलबार पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न निर्देशन पनि दिए । महामन्त्री थापाले नेविसंघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए ।
महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघभित्रकै समानान्तर गतिविधिका कारण महाधिवेशन हुन नसकेको पनि स्मरण गराए । त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा