एजेन्सी । हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो।
न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुले केही स्थानमा अहिलेसम्मकै धेरै हिमपात हुने तथा तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएका छन्। हिमपात तथा तुफानका कारण करिब ६ हजार उडान रद्द भएका छन्।
उत्तर–पूर्वी क्षेत्रको तापक्रम निकै कम हुने र त्यसले जनजीवन गम्भीर रुपमा प्रभावित हुने पूर्वानुमान गरिएको छ। नोर’इस्टरका रुपमा चिनिने हिमआँधीका कारण बोस्टन क्षेत्रमा ६१ सेन्टिमिटरसम्म हिउँ जम्ने जनाइएको छ। न्यूयोर्कका केही क्षेत्रमा करिब ६० सेन्टिमिटर हिउँ परिसकेको छ।
स्थानीय समयअनुसार शनिबार सबेरैदेखि तीव्र गतिको तुफान तटीय क्षेत्रमा ठोक्किएको हो। सन् २०१८ पछि पहिलोपटक हिमआँधीलाई लिएर चेतावनी जारी भएको छ। हिमआँधीको मार्गमा ७५ मिलियन मानिसको बसोबास छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ माघ २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा