एजेन्सी । हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो।
न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुले केही स्थानमा अहिलेसम्मकै धेरै हिमपात हुने तथा तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएका छन्। हिमपात तथा तुफानका कारण करिब ६ हजार उडान रद्द भएका छन्।
उत्तर–पूर्वी क्षेत्रको तापक्रम निकै कम हुने र त्यसले जनजीवन गम्भीर रुपमा प्रभावित हुने पूर्वानुमान गरिएको छ। नोर’इस्टरका रुपमा चिनिने हिमआँधीका कारण बोस्टन क्षेत्रमा ६१ सेन्टिमिटरसम्म हिउँ जम्ने जनाइएको छ। न्यूयोर्कका केही क्षेत्रमा करिब ६० सेन्टिमिटर हिउँ परिसकेको छ।
स्थानीय समयअनुसार शनिबार सबेरैदेखि तीव्र गतिको तुफान तटीय क्षेत्रमा ठोक्किएको हो। सन् २०१८ पछि पहिलोपटक हिमआँधीलाई लिएर चेतावनी जारी भएको छ। हिमआँधीको मार्गमा ७५ मिलियन मानिसको बसोबास छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ माघ २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत