बिचौलिया रोक्न अनलाइन भुक्तानीको निर्देशन

पत्रपत्रिकाबाट

शनिबार, १५ माघ २०७८, ०७ : ४८
बिचौलिया रोक्न अनलाइन भुक्तानीको निर्देशन

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री  घनश्याम  दाहालले यातायात  कार्यालयमा  बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको  व्यवस्था  गर्न  निर्देशन दिएका छन् ।

शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको  अनुगमन  गर्दै  मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन पनि दिएका छन् ।

मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए । उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेको खबर गोरखापत्रमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस