रियल मड्रिडले हार टार्‍यो, बार्सिलोनाको जित

एजेन्सी

सोमबार, १० माघ २०७८, ०८ : ५१
रियल मड्रिडले हार टार्‍यो, बार्सिलोनाको जित

काठमाडौं । इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ । 
आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २(२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।  

इल्चेबिरुद्ध २(० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे । रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर  शीर्ष स्थानमा यथावत  छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा  छ ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई  १-० अन्तरले पराजित गर्‍यो । भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे । जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ  । 

प्रतिक्रिया दिनुहोस