काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आइतबार देशभरका अदालत बन्द रहने निर्णय गरेको छ। सर्वोच्चले शर्माको निधनप्रति दुःख व्यक्त गर्दै देशभरका सम्पूर्ण अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।
१९९१ साल पुस १ मा काठमाडौंको कमलपोखरीमा जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ साल चैतमा प्रधानन्यायाधीशमा नियुक्ति भई २०५६ मंसिर ३० सम्म कार्यभार सम्हालेका थिए। शर्माको निधन गत बुधबार भएको थियो।
तर, उनका परिवार विदेशबाट आउन ढिलाइ भएको हुँदा शनिबार मात्रै उनको अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टि गरेपछि मात्रै सर्वोच्च अदालतमा आकस्मिक पूर्ण बैठक बसी शोक बिदा दिने निर्णय भएको हो। देशले सच्चा न्यायिक व्यक्तित्वलाई गुमाएको, न्याय र कानुनको क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
‘पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ आइतबारका दिन सर्वोच्च अदालत, देशभरका उच्च, जिल्ला, विशेष एवं अन्य अदालत शोक बिदाको रूपमा बन्द रहने भनी अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको छ,’ सर्वोच्चले भनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर