काठमाडौं । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी आजका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाउँदै आइतबार दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।
आगामी आर्थिक वर्षको बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले अवहेलना कसूरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरिएकोमा त्यसले अदालतको अवहेलना गरेको रिटमा दाबी गरिएको छ ।
यसअघि पौडेलले नै २०७८-०७९ को बजेटमा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने व्यवस्था गरेकोमा सर्वोच्चले खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासीसम्बन्धी बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर