काठमाडौं। बुधबार शेयर बजारमा उच्च अंकको गिरावट आयो । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको बजारमा मंगलबार १० अंकको करेक्सन आएको थियो । बुधबार उतार चढावकाबीच नेप्से ३८ अंकले ओरालो लागेर २८ सय ९८ कायम भएर थामियो ।
कारोबार पनि ६ अर्बमा खुम्चियो । सबै समूह ओरालो लाग्दा जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय २५ अंकको गिरावट आयो ।निर्जीबन बीमा र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको कमी आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ६ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।यस दिन १ सय ६५ कम्पनीको शेयर मूल्य बढ्दा २० को बढ्यो भने ६ को स्थिर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार