सिंहदरबारमा रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, ११ : २९
सिंहदरबारमा रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधवार बिहान ११ बजे अनौपचारिक छलफल हुन् लागेको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । 

काठमाडौँमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ । छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन ।