काठमाडौं । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएको आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोरोनालाई जितेर एक सातामा काममा फर्किने विश्व व्यक्त गरे ।
उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग