चितवन । मेला महोत्सव तथा भीडभाडको फाइदा उठाउँदै चोरीमा संलग्न भारतीय महिलाहरुलाई चितवन प्रहरीले पक्राउ गरेको छ । मकर सक्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा सर्वसाधारणले साथमा बोकेको नगद र लगाएका गरगहना चोरी गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी वर्ष २५ की प्रियाङका देवी, सोही ठाउँकी बर्ष २० की अतिम्मा देवी, वर्ष २५ की पायल देबी, वर्ष १८ की नितु देवी, वर्ष ३५ की शिला देवी, वर्ष ४० की मञ्जु देवी, वर्ष १८ की आरोही भारती रहेका छन् । उनीहरु सबै भारतीय महिला हुन् ।उनीहरुबाट प्रहरीले सुनको औठी २ थान र नगद रु ६ हजार र एटीएम कार्ड बरामद गरेको छ । पक्राउ पर्नेहरुलाई सम्मानित अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु