गाँजा तस्करीमा संलग्न दुई महिला पक्राउ

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, १६ : १९
गाँजा तस्करीमा संलग्न दुई महिला पक्राउ

काठमाडौँ । उदयपुरगढी नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटेको टोलीले गाँजा तस्करीमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ की ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका ८ की ४० वर्षीया अस्मिता राम रहेका छन्।

उनीहरूलाई प्रहरीले उदयपुर गढी-७ चिया कमानबाट बिहान ६:४५ बजे प्रतिबन्धित गाँजासहित नियन्त्रणमा लिएको हो। टोलीले सडकमा झोला बोकेर हिँड्दै गरेका सामान्य पैदल यात्रीलाई चेकजाँच गर्दा गाँजा फेला परेको हो।

११ किलो ८ सय ५२ ग्राम गाँजा लागू औषध गाँजा ११.८५२ केजीसहित सडकमा झोला बोकेर हिँड्दै गरेका सामान्य पैदल यात्रीलाई चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजासहित दुवैलाई शनिबारै दिउँसो सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस