काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गामुढा भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा मुढा गरेको हो ।
प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गामुढा गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए । उनले भने, ‘ढुङ्गा फ्याल्नेको खोजी गर्ने भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ