जिप सडकबाट खस्दा ११ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०८२, ०९ : २९
जिप सडकबाट खस्दा ११ जना घाइते

स्याङ्जा । जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

सोमबार साँझ बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा सडक खण्डमा ग १ ज ७०८४ नम्बरको जिप दुुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

पुतलीबजारबाट बिरुवातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको डीएसपी प्रशन्न राज चौधरीले जानकारी दिए। 

जिपमा चालकसहित १५ जना सवार थिए। घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीलाई बढी चोट लागे पनि खतरामुक्त रहेका स्वास्थ्यकर्मीले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस