कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, ०७ : ४५
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यसैगरी आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

राति भने  गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

प्रतिक्रिया दिनुहोस