काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरूमा र मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ जेठ २०८३, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहनेछ आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना