रिठ्ठे दर्जीलाई चितवन अदालतले सुनायो ७ वर्ष कैद सजाय र बिगो असुल उपर गर्ने फैसला

प्रकाश सिग्देल

शुक्रबार, ३० पुस २०७८, १७ : २४
रिठ्ठे दर्जीलाई चितवन अदालतले सुनायो ७ वर्ष कैद सजाय र बिगो असुल उपर गर्ने फैसला

चितवन । मालपोत कार्यालय भरतपुर चितवनका तत्कालिन लेखा अधिकृत रिठ्ठे दर्जी भन्ने रिठ्ठे परियारलाई चितवन जिल्ला अदालतले ७ वर्ष कैद ७० हजार जरिवाना सहित बिगो रकम भराउने फैसला गरेको छ ।

मालपोत कार्यालय भरतपुर चितवनको आर्थिक वर्ष ७३ देखी ७५ सम्मकोे  राजस्व बैकंमा दाखिला नगरी सरकारी छाप, बैकं भौचर किर्ते गरेर राजस्व रकम हिनाविना गरेकोे अभियोगमा अख्तियारको पत्रका आधारमा सरकारी वकिल कार्यालय चितवनबाट अभियोग दर्ता भएको र मुद्दा फैसला भएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले बताए ।

परियारबाट  १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैया बिगो रकम असुल उपर गरी  १ हजार ४ सय पिडित राहात कोषमा भराउने समेत फैसला भएको उनको भनाई छ ।  

परियार मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत हुँदा मालपोत कार्यालयमा जग्गा किनबेच गर्ने व्यक्तिले जम्मा गरेकोे राजस्व तथा लाभ कर बापतको रकम १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैया परियारले राष्ट्रिय बाणिज्य बैक भरतपुरमा रहेको राजश्व खातामा जम्मा गर्नु पर्नेमा जम्मा नगरी बैकको भौचर र्किर्ते गरी रकम हिनामिन गरेका थिए ।

आन्तरिक लेखा प्रशिक्षण तथा महालेखा परिक्षणबाट रकम हिनामिना भएको देखिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौंबाट अनुसन्धान भै भ्रष्ट्रचार मुद्धा विशेष अदालत काठमाडौंैमा दायर भएको थियो भने सरकारी कागज किर्तेमा सरकारी वकिल कार्यालय चितवनले चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । चितवन जिल्ला अदालतका प्रमुख न्यायाधिस हेमन्त रावलको इजलासले परियारलाई सो सजाय सुनाएको हो । निज परियार बिरुद्धको भ्रष्ट्राचार मुद्दा बिशेष अदालत  काठमाडौंमा बिचाराधिन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस