काठमाडौं । केपी ओली प्रधानमन्त्री हुँदा संविधान, कानुन नमानेर आफुखुसी चल्न खोज्दा सत्ताच्युत हुन पुगेको जगजाहेर नै छ । झण्डै दुई तिहाईको बहुमत भएको सरकार लामो समय पछि देशले पाएको भन्दै देशमा खुसी नै छाएको थियो । विकास निर्माणको कामले गति लिने, राजनितिक अस्थिरता नहुने भन्दै राजनितिक दलहरु बिच पनि खासै मतभेद देखिएको थिएन् ।
संविधानमै व्यवस्था नभएपनि आफ्नो स्वार्थ केन्द्रित राजनिति गर्न खोज्दा दुई दुई पटक प्रतिनिधी सभा विघटन समेत भयो । अहिले प्रतिनिधिसभा पुनः स्थापना भएपनि उनले चल्न दिएका छैनन् । महत्वपूर्ण कानूनको काम अगाडि बढ्न सकेको छैन । देशलाई बन्धक बनाएर राजनीति गरिरहेको ओली गुटले संघीय संसद सचिवालयबाट लिने भक्ता तथा अन्य सुविधा भने नियमित रुपमा नै लिइरहेको छ
संघीय संसद सचिवालयका अनुसार आफैले मारेको संसदमा सबैभन्दा पहिले ओली गुटका सांसदहरु मेरो भक्ता के भयो ? यो महिना कति आउने भया ? भन्दै हरेक दिन जसो पुग्ने गरेका छन् । ओलीका लागि काम गर्ने संसद सचिवालयका सचिव रहेका राजेन्द्र फुयालले उनीहरुलाई सहजीकरण गरिरहेका छन् ।
तलब भक्ता त छाड्नुहुन्न नी हजुर भन्दै फुयालले फोन गरी गरी एमालेका सांसदहरुलाई बोलाउने गरेका छन् । उनले सचिवालयमा भएका नभएका सबै कुराको पोल समेत सुवास नेम्वाङ र खड्ग ओलीलाई सुनाउने गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए । सचिवालयका अनुसार संसद चल्न नदिएपनि राज्यकोषबाट ५८ करोड ९८ लाख १२ हजार ४२ पैसा बराबरको खर्च भएको छ ।
सांसदको तलब भक्ता, घरभाडा, घर जाने आउने खर्च समेत सचिवालयले नै दिइरहेको छ । पछिल्लो एक वर्षमा मात्रै तलबमा २१ करोड ६९ लाख ६८ हजार ८५ पैसा खर्च भएको छ । यस्तै, बैठक तथा यातायात खर्चमा ४ करोड ११ लाख १८ हजार बराबरको खर्च भएको छ । यस्ते आवतजावतमा मात्रै १ करोड १२ लाख ६४ हजार बराबरको बजेट खर्च भएको छ ।
यस्तै घर भाडा वापत मात्रै ५ करोड ४२ हजार ६२ हजार बराबरको रकम सांसदहरुले लगेका छन् । पैसा त चाहियो नी होइन भन्दै एमालेका गोकूल बाँस्कोटा, कृष्णप्रसाद दाहालहरु सबैभन्दा पहिले सचिवालयमा पुग्ने गरेका छन् । संसद चल्न दिनुहुन्न, भक्ता र तलब भने छाड्नु हुन्न भन्दै बास्कोटाहरु ग्याङ नै बनाएका आएका थिए । अति नै गरेपछि हामीले भुक्तानी गरिदियौ, सचिवालयको लेखा शाखाका एक उपसचिवले भने । ती उपसचिवका अनुसार अन्य दलका सांसदले तलब भक्तामा चासो नराखेको भएपनि एमालेका अधिकांश सांसद महिना मर्न १० दिन बाँकी हुँदै सचिवालयमा जाने, कर्मचारीलाई धम्क्याउने, थर्काउने गरिरहेका छन् ।
यस्तै, बैठकमा अवरोध गर्ने तर हाजिरी गरेर एक हजार बैठक भक्ता र एक हजार बराबरको गाडी भाडा लिन भने एमालेका सांसद नै अग्रपंक्तिमा देखिएका छन् । नैतिकता नै नभएपछि कसको के लाग्दो रहेछ र ? सचिवालयका ती कर्मचारीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
संसदको अर्थ समितिको बैठक स्थगित
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै