दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, २१ : २२
दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ । 

दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका  कारण ३१ जनाको मृत्यु भएको छ। 

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ । भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस