काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १४ : ५३
काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड

काठमाडौं । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ ।

काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु-कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो । 

काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो । बिहीवार टेकु अस्पतालमा धेरै भीड देदिएको छ । टेकु अस्पताल परिसर भन्दा बाहिर सडकसम्मै खोप लगाउनेहरुको लाइन लागेको छ  ।