टाईगर कपः विदेशी खेलाडीको जोर चलेन, आयोजकको लगातार हार

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, २० : ४२
टाईगर कपः विदेशी खेलाडीको जोर चलेन, आयोजकको लगातार हार

पोखरा । पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीपमा आयोजक टीम नेपाल पुलिस क्लवसँग स्तब्ध बनेको छ । घरेलु कोर्टमा श्रीलंकन खेलाडीलाई कोर्टमा उतारेको टाईगर ग्रुप अफ पोखरा पुलिससँग सोझो सेटमा हारेको हो । आयोजकले नेपालको राष्ट्रिय कप्तान अरुणा शाही र श्रीलंकाका ३ राष्ट्रिय खेलाडी मैदान उतारेको थियो ।

विदेशी खेलाडीको समेत जोर नचलेपछि पुलिसले टाईगरलाई २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । दोस्रो हारसँगै उपाधि यात्राबाट आयोजक करिव टाढिएको छ । यसअघि न्यु डायमण्डसँग पनि सोझो सेटमै हारेको थियो ।
जारी प्रतियोगिताको फाइनल आगामी शनिबार हुने छ । विजेता महिला तथा पुरुष दुवै टोलीले ३र३ लाख रुपैयाँ पाउने छन् भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस