गोरखा । नेकपा (एकीकृत समाजवादी) का नेता तथा स्वास्थ तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एमाले एक्लै चुनाव लडे एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् ।
एकीकृत समाजवादी, गोरखाले आरुघाट गाउँपालिकामा गरेको कार्यकर्ता भेलामा उनले एमाले एक्लै निर्वाचन लडे एक सिट पनि जित्न नसक्ने दावी गरेका हुन् । एमाल अध्यक्ष केपी ओलीप्रती कटाक्ष गर्दै खतिवडाले ओली राप्रपासँग एकता गरेर गणतन्त्रलाई त्याग्दै राजतन्त्र फर्काउने अभियानमा लागेको आरोप लगाए।
मन्त्री खतिवडाले ओलीले दुई तिहाइको जनमत कुल्चेर आम जनताको आशा भरोसालाई कुठाराघात गरेको तथा जनमतको अपमान गरेको बताए । उनले भने, ‘केपी ओली कम्युनिस्ट विचार र सिद्धान्तबाट स्खलित भैसकेकाले नेपालमा कम्युनिस्ट पार्टीको अस्तित्व बचाउन एमालेबाट बिद्रोह गरेका हौं ।’
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज दिलु पन्त, गोरखा जिल्ला इन्चार्ज जुध्दविलास भण्डारी, सह–इन्चार्ज सानुमाया बस्नेत, केन्द्रीय सदस्यद्वय इन्दिरा ढुंगाना र रजमदिन मिया, जिल्ला अध्यक्ष यादव बस्नेत, म्याग्दी जिल्ला अध्यक्ष कृष्ण विकलगायतको उपस्थिति रहकेो थियो ।
समाजवादीमा आस्था राख्ने कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लोक दोहोरी गायक चिज गुरुङ र गायिका देवी आलेको सास्कृतिक प्रस्तुति समेत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ पुस २०७८, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण