काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको दावी गरेका हुन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा उनले भने, ‘‘स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचनसम्बन्धी ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होइन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत चलाउने, त्यो षड्यन्त्र गर्दैछ ।’
अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताए । एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेले आगामी निर्वाचनमा एकल बहुमत पाउने दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता