काठमाडौं । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिने भएको छ । यसअघि ५ जना एआईजीको व्यवस्था रहेकामा अहिले थपेर ८ जना बनाउन लागिएको हो । एआईजी थप्नेसम्बन्धी प्रस्ताव अर्थले स्वीकृत गरिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
हाल नेपाल प्रहरीको एआईजी बन्ने लाइनमा डीआईजीद्वय धिरज प्रताप सिंह र उत्तम सुवेदी रहेका छन् । यस्तै ईश्वर बाबु बार्की र बसन्त पन्त पनि सोही लाइनमा रहेका छन् । कार्कीलाई गृहमन्त्री बालकृष्ण खाँण पत्नि मञ्जुको आशिर्वाद रहेको बताइन्छ भने पन्तलाई रमेश लेखकको आशिर्वाद रहेको बताइएको छ ।।
यसअघि नै सरकारले एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप गरेपनि अर्थले स्वीकृति दिइसकेको थिएन । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो । एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र