काठमाडौँ । हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुड्यो । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् ।
२०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोँकण)ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । ८४ करोड ६५ लाख रुपियाँमा रेल किनिएका हुन् ।
तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए । ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो । यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ पुस २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या