एजेन्सी । बेलायतको बेडफोर्ड नजिकै शुक्रबार साँझ दुईवटा यात्रुवाहक रेल आपसमा ठोक्किए दुर्घटना भएको छ । दुर्घटनामा एक रेल चालकको मृत्यु भएको छ भने ८९ जना यात्रु घाइते भएका छन्।
नेपाली समअनुसार शनिबार बिहान भएको भएको दुर्घटनापछि ब्रिटिस यातायात प्रहरीले उद्धार कार्य तीव्र पारेको छ। इस्ट मिडल्याण्ड्स रेलवेका अनुसार दुर्घटनामा कोर्बीबाट लन्डनका लागि छुटेको र नटिङ्घमबाट लन्डनकै लागि छुटेको दुईवटा रेलहरू परेका हुन्।
इस्ट अफ इङ्गल्याण्ड एम्बुलेन्स सेवाले दिएको जानकारी अनुसार घाइतेमध्ये ११ जनाको अवस्था अत्यन्तै गम्भीर छ भने २२ जना गम्भीर घाइते भएका छन्। अन्य ५६ जना यात्रुलाई सामान्य चोट लागेको छ। नेशनल युनियन अफ रेल, म्यारिटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्सले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति एक अनुभवी रेल चालक रहेको पुष्टि गरेको छ।
घटनास्थलमा २० भन्दा बढी एम्बुलेन्स र ६ वटा एयर एम्बुलेन्स परिचालन गरी घाइतेहरूको उद्धार गरिएको थियो। दुर्घटनामा परेका एक यात्रुले घटनाको क्षणलाई बम विष्फोट जस्तै भयानक रहेको बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असार २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु
जनकपुरमा रेल र कार ठोक्कियाे
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते