काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् । शनिबार बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको बालुवाटार श्रोतले जनाएको छ ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।
यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुराकानी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन: ओली
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै
प्रशासनले स्वीकृति नदिए पनि युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन
कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’