नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ ।
भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ । ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ । उनले पूर्ण खोप लगाएका थिए ।
विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, निको हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएकाे छ । मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ पुस २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?