काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीकाे कोभिड-१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीकाे कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएकाे छ ।
क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४-० को सहज जित निकालेको थियो ।
गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक
अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक
रोनाल्डोको गोलमा अल नासर विजयी
रोनाल्डोको गोलमा अल नासर विजयी
रोनाल्डोको दुई गोलमा अल नासरको सहज जीत
रोनाल्डोका २ गोलको मद्दतले पोर्चुगलको फराकिलो जीत