एजेन्सी । ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।
यो साझेदारीमार्फत ई-स्पोर्ट्सको लोकप्रियतालाई अझै फैलाउने अनि परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने फाउन्डेशनले लक्ष्य राखेको छ ।
फाउन्डेशनका प्रमुख राल्फ रीचर्टले रोनाल्डो अनुभवी खेलाडीदेखि नयाँ प्रतियोगीसम्म सबैका लागि एक प्रेरणा भएको उल्लेख गरे । ‘रोनाल्डको उत्कृष्टतालाई ई-स्पोर्ट्स वर्ल्ड कपको भावना प्रतिनिधित्व गर्छ । परम्परागत खेलकुद अनि प्रतिस्पर्धात्मक गेमिङको सम्बन्ध अझ सुदृढ बनाउन उनको साथ हुन पाउनु गर्वको कुरा हो’ उनले भनेका छन् ।
रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन् । यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ ।
‘खेल सदा परिवर्तन हुन सक्छ, ई-स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ । यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन् । म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु । भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।
रोनाल्डो संसारभर लोकप्रिय छन् — इन्स्टाग्राममा उनका ६५० मिलियन फलोअर छन्, एक्समा (ट्विटर) ११५ मिलियन अनि युट्यूबमा ७५ मिलियन सब्सक्राइबर छन् ।
रोनाल्डोको सम्बन्ध ई-स्पोर्ट्स विश्वकपसँग पहिलेदेखि नै रहिआएको छ । सन् २०२३ मा कार्यक्रमको घोषणा गर्दा पनि उनी सहभागी थिए । साथै गएको समरमा साउदी अरबको रियादमा गरिएको समापन समारोहमा पनि उनको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च गरेको फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ ।
फल्सोनको च्याम्पियन बन्ने उत्सवमा पनि क्रिस्टियानो सहभागी रहेको बताइएको छ ।
रोनाल्डोबाहेक लियोनेल मेस्सी, रूड गुलिट जस्ता खेलाडीहरूसमेत ई-स्पोर्ट्समा लगानी गरिरहेका छन् ।
ई-स्पोर्ट्स विश्वकप २०२५ मा एकै स्थानमा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स समुदाय, खेलाडी, क्लब अनि दर्शकहरूको जमघट हुनेछ । प्रतियोगितामा २,००० उत्कृष्ट खेलाडी, २०० क्लब अनि १०० देश सहभागी हुनेछन् ।
प्रतियोगितामा २५ प्रतियोगिताहरू, २४ खेलहरूको साथमा ७ करोड अमेरिकी डलरभन्दा बढीको पुरस्कार राशी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३१ जेठ २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो क्लब विश्वकपमा सहभागी नहुने
रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !