साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी

आइतबार, २३ कार्तिक २०८२, १० : ५०
साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी ।  साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अल नासरले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ४८ औं मिनेटमा रोनाल्डोको फ्रि किकमा एन्जेलोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका हुन्। नासरले ६५ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे।

खेलको ८४ औं मिनेटमा अहमद अब्दोले गोल गर्दै निओमलाई कमब्याकको अवसर दिए। तर खेलको ८६ औं मिनेटमा नासरका लागि जोआओ फेलिक्सले गोल गर्दै ३–१ को स्पष्ट जित दिलाएका हुन्।

यो जितसँगै रोनासल्डोले साउदी प्रो लिगमा सयौं गोलको रेकर्ड बनाएका छन्। उनले ८५ खेलमा ८३ गोल गर्दा १७ असिस्ट गरेका हुन्। यो उपलब्धि अल नासरका लागि कुनै खेलाडी हात पारेका छैनन्।

प्रतिक्रिया दिनुहोस