काठमाडौं । निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन विशेष अभियानअन्तर्गत आठ लाख ४९ हजार ७५३ जनाले नामावली दर्ता गराएका छन् । आयोगको एकमहिने विशेष अभियान मङ्सिर १७ गते सुरु भई पुस २० गते सम्पन्न भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला दर्ता कार्यक्रममार्फत करिब आठ लाख १७ हजार र बाह्य जिल्ला दर्ता (ओडीआर) मार्फत ३२ हजार जनाको नामावली थपिएको जानकारी दिए । गोरखापत्रका अनुसार सबैभन्दा बढी प्रदेश २ बाट करिब दुुई लाख २९ हजार जनाले नाम दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशबाट एक लाख ३ हजार र प्रदेश १ बाट एक लाख २२ हजारले नामावली दर्ता गराएका छन् । बागमती प्रदेशमा करिब एक लाख ३ हजार जनाको नामावली सङ्कलन गरिएको आयोगले जनाएको छ । आयोगले स्थानीय तहमै पुुगेर मङ्सिर १७ देखि १६ वर्ष उमेर पुुगेका नागरिकको नामावली विवरण सङ्कलन सुरु गरेको थियो । स्थानीयदेखि संघीय निर्वाचन निकट भविष्यमै हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ पुस २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
आठ लाख ३७ हजार नयाँ मतदाता थपिए