काठमाडौं । सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ ।
उनलाई उपचारका लागि विराटनगर लगिएको छ । घटना भए लगत्तै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बस विराटनगरबाट राजविराज आउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते