काठमाडौं । सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ ।
उनलाई उपचारका लागि विराटनगर लगिएको छ । घटना भए लगत्तै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बस विराटनगरबाट राजविराज आउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते