नयाँ दिल्ली । नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।
अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साविक झैं सञ्चालन हुनेछन् । मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन् । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।
संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० पुस २०७८, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा