काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् ।
ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो ।
तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको खबर नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक