काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
सप्तकोसी नगरपालिका-४ तुलसी टोलस्थित कञ्चनपुर फतेपुर भित्री सडक खण्डमा को२२प १५५८ नम्बरको मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारि दिएका छन् ।
कंचनरुप नगरपालिका-७ का सुभाष बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको प्रहरी प्रवक्ता काफ्लेको भनाई रहेको छ ।
त्यसैगरी चौधरीको मोटरसाइकलमा सवार सप्तकोसी नगरपालिका-९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते