म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी

सोमबार, १२ पुस २०७८, ०७ : ५०
म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले प्रभावशाली जित निकाल्दै अग्रता बढाएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ ले पराजित गरेको हो । सिटीका लागि रहीम स्ट्रर्लिङले दुई ९२५ औँ मिनेटमा पेनाल्टी, ८७ औँ मिनेट० तथा केवीन डी ब्रूयना, रियाद महरेज, इल्केयी गुण्डोगान र लापोर्तेले एक–एक गोल गरे ।

लेस्टर सिटीका लागि म्याडिसन, लूकम्यान र इहिनाचोले गोल गरेका हुन् ।जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १९ खेलबाट ४७ अंक भएको छ । उ एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकको अग्रता कायम गरेको छ ।

आइतबार राति भएको अन्य खेलमा आर्सनलले नर्विचलाई ५–०, टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३–०, साउथह्याम्पटनले वेष्टह्यामलाई ३–२, चेल्सीले एस्टन भिल्लालाई ३–१ तथा ब्राइटनले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेका छन् । ब्राइटनले पछिल्ला १२ लिग खेलमा पहिलो जित दर्ता गरेको हो ।