जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ नयाँ नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत मात्रै मत खसेको छ ।
विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।
मतदानको समय अपरान्ह ३ बजेसम्मका लागि तोकिए पनि ५० प्रतिशत मतदाता बाँकी भएकाले समय लम्ब्याइएको संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण