काठमाडौं । जग्गा बैना गर्दै गठी गर्ने गरेको आरोपमा आज साँझ प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन् । जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म यसरी आठ जनाबाट रु एक करोड ६६ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । उनको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ पुस २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ