काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका हुन् ।
गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार भएको भन्दै उनले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने बताए ।
उनले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राखे । त्यस्तै भट्टराईले कार्यव्यवस्था परामर्श बैठकमा आफुले राखेका मुद्धाका बारेमा जानकारी गराएको र माग पूरा गर्न नसके मार्गप्रसस्त गर्न सभामुखलाई सुझाव दिएको जिकिर गरे ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ पुस २०७८, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता