भक्तपुर । आफ्नै कोठामा श्रीमतीलाई राति कुटपिट गरी हत्या गरेर फरार भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ ।
भोजपुर केराबारी घर भई हाल सूर्य विनायक नगरपालिका–५ कटुञ्जेस्थित डेरामा बस्ने २५ वर्षीय जीवन राईले श्रीमती २५ वर्षीय मन्दिरा राईलाई आइतबार राति कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
राति कुटपिटबाट हत्या गरेपछि आज बिहानै फरार भएका राईलाई प्रहरीले खोजतलासको क्रममा कटुञ्जेस्थित सिदार्थ स्कुल नजिकै आफन्तको कोठामा लुकिछिपी बसेको अवस्थामा आजै पक्राउ गरेको नायब उपरीक्षक पाण्डेले बताए।
प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमान् श्रीमती मदिरा सेवन गरी प्रायःझगडा गरिरहने र आइतबार राति पनि दुवैले मदिरा सेवन गरेको अवस्थामा विवाद भई जीवनले कुटपिट गरेपछि घाइते मन्दिराको धेरै रक्तश्रावका कारण मृत्यु भएको उनको भनाइ छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ