शीर्ष स्थानको म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी

सोमबार, ०५ पुस २०७८, ०७ : ३६
शीर्ष स्थानको म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीका लागि रुबेन डियाज, क्यान्सेलो, रियाद महरेज र रहीम स्ट्रर्लिङले गोल गरेका हुन्। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार आठौँ जित दर्ता गरेको हो ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १८ खेलबाट ४४ अंक भएको छ । दोस्रो स्थानको लिभरपुल भने आइतबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।

टोटनह्याम र लिभरपुलले २–२ को बराबरी खेलेका हुन् । यस्तै चेल्सी र वुल्भ्सले गोलरहित बराबरी गोल गरेका छन् । लिभरपुलको ४१ तथा चेल्सीको ३८ अंक छ ।