काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार पुन:ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ४.२३ अंकले घट्दै २४ सय १४.६२ विन्दुमा अडिएको छ । यसदिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८९ अंकले घट्दै ४५९.४१ बिन्दुमा झरेको छ । ४ अंकले घटेको बजारमा आज कुल ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् । आज सामलिङ पावर कम्पनीका सेयर धनीहरुले अधिकतम ९.९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले ५.३४ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !