काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो । महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ ।
महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले जानकारी दिए । यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए ।समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस