काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो । महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो । महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ ।
महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले जानकारी दिए । यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए ।समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता