काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ,’ थापाले लेखेका छन् ।
युवा नेता थापा कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो