काठमाडौं । नेपाली काँग्रेसको सभापति चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ ।
यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा काँग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा शेखर कोइराला १८५५ मतका साथ पराजित भए ।
मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?