काठमाडौं । नेपाली काँग्रेसको सभापति चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ ।
यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा काँग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा शेखर कोइराला १८५५ मतका साथ पराजित भए ।
मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो