काठमाडौं । सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ ।मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।
मन्त्री बडूले अध्यादेश पेस गरिरहँदा एमाले सांसदको नाराबाजी चलिरहेको थियो । आफ्नाे पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने
संसद् बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद
संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि सभामुखद्वारा रुलिङ
भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
संसद् बैठक निर्धारित समयमा सुरु भएन
एमालेले गर्यो संसद अवरोध