काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्यासी शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई गुट-उपगुट बिर्सेर विवेक प्रयोग गर्न आह्वान गरेका छन् । दोस्रो चरणको चुनावअघि पत्रकार सम्मेलन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
आफूनिकट नेताहरूसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने बताए । कोइरालाले भने, ‘यो स्वस्थ प्रतिस्पर्धा हो । कसले कसलाई समर्थन गर्छ त्यो महत्पपूर्ण होइन । महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो ।’कोइरालाले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए ।
उनले थपे, ‘म कांग्रेसको समग्र जीवन सुधार्ने र अव्यवस्थाको चाङ हटाउने प्रयास गर्नेछु । म रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको छु । मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल